विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

  शनिबार ११, कार्तिक २०८० ०७:०४

धनगढी । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । 

मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

clock शनिबार ११, कार्तिक २०८० ०७:०४

प्रतिक्रिया