इजरायलमा मारिएका गणेशको बझाङको सेती नदीमा दाहसंस्कार

  शुक्रबार १०, कार्तिक २०८० १९:१७

बझाङ । इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ। हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो।

उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए। उनी पढाईमा अब्बल थिए। चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए।

आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए। उनीसँगै टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणमा परेर गणेशसहित १० जना नेपालीको मृत्यु भएको थियो।

clock शुक्रबार १०, कार्तिक २०८० १९:१७

प्रतिक्रिया