कण्डम चोर्न बझाङमा हेल्थपोष्ट तोडफोड

  शुक्रबार १०, कार्तिक २०८० ०८:१९

बझाङ । बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका-३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

clock शुक्रबार १०, कार्तिक २०८० ०८:१९

प्रतिक्रिया