कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा ग्रिष्म तिमिल्सिनाको मृत्यु

  शुक्रबार १०, कार्तिक २०८० ०७:३३

धनगढी । कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-१ को बसपार्कमा प्रदेश ३०२००९प१०६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २७ वर्षीय ग्रिष्म तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

clock शुक्रबार १०, कार्तिक २०८० ०७:३३

प्रतिक्रिया