कैलालीबाट लागूऔषध सहित प्रकाश तिरुवा पक्राउ

  शुक्रबार १०, कार्तिक २०८० ०६:३१

धनगढी । कैलालीबाट लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–१ बेलासपुरका २१ वर्षीय प्रकाश तिरुवालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

तिरुवालाई बेलासपुर स्थित सहिद गेटबाट लागुऔषध खैरो हिरोइनका ४ वटा पोकासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। तिरुवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

clock शुक्रबार १०, कार्तिक २०८० ०६:३१

प्रतिक्रिया