१६ दिने नवजात शिशुको हत्याको प्रयास गरेको भन्दै सुत्केरी आमा पक्राउ

  बिहिबार ०९, कार्तिक २०८० ०८:५२

दाङ । दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन्। लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए।

सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा अनुसन्धान भइरहेको छ। घाइते बच्चालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।

clock बिहिबार ०९, कार्तिक २०८० ०८:५२

प्रतिक्रिया