ढोग नदिएको भन्दै दुईजनाले गरे ‘भाइ’को हत्या

  बिहिबार ०९, कार्तिक २०८० ०८:१९

सुर्खेत । ढोग नदिएको भन्दै एकजनामाथि मृत्यु हुनेगरी कुटपिट भएको छ। सल्यानको बागचौर नगरपालिका–७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीको मृत्यु भएको हो।

उनलाई छिमेकी स्याँलाका गाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते कुटपिट गरेका थिए।

भलिबल खेल्ने मैदानमा रहेका बेला केशर र सन्तोषले घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेर भनेका थिए। तर, घनश्यामले ढोग दिएनन्। त्यसपछि उनीहरूले घनश्याममाथि कुटपिट गरेका थिए।

कुटपिटपछी घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock बिहिबार ०९, कार्तिक २०८० ०८:१९

प्रतिक्रिया