आज मौसम कस्तो रहनेछ : यस्तो छ पूर्वानुमान

  बिहिबार ०९, कार्तिक २०८० ०७:१९

धनगढी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै, पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

clock बिहिबार ०९, कार्तिक २०८० ०७:१९

प्रतिक्रिया