दशैंको दिन बझाङमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दुई जना पक्राउ

  बिहिबार ०९, कार्तिक २०८० ०६:४३

बझाङ । बझाङमा एक स्वाथ्यकर्मीमाथि हातपात भएको छ। मंगलबार जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी (फार्मासिष्ट) माथि हातपात भएको हो।

डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्कामाथि अभद्र व्यवहारसँगै कुटपिट भएको बताइएको छ।

दसैैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ।

जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि माग्न खोज्दा इन्कार गरेपछि खड्कामाथि गाली गर्नुका साथै उहातपात गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

हातपात गर्ने सोहि ठाउँका सुदिप सुनार र सन्तोष कुवरलाई नियन्त्रणमा लिएको बझाङ प्रहरीले जनाएको छ।

clock बिहिबार ०९, कार्तिक २०८० ०६:४३

प्रतिक्रिया