बझाङमा एक बालकको मृत्यु

  बुधबार ०८, कार्तिक २०८० ०८:५६

बझाङ । बझाङमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो। 

उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

उनी बगेको केहीबेरमा नै मृत्यु भएको प्रहरीले बताएको छ। 

clock बुधबार ०८, कार्तिक २०८० ०८:५६

प्रतिक्रिया