कञ्चनपुरमा गोहीको आक्रमणबाट महिला घाइते

  बुधबार ०८, कार्तिक २०८० ०८:२५

कञ्चनपुर । कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया लालसरा सार्की गोहीको आक्रमणबाट हिजो (सोमवार) घाइते भएकी हुन्।

सार्कीलाई प्यारातालको नालामा घाँस काट्ने क्रममा गोहीले आक्रमण गरेको हो। सार्कीको गोहीको आक्रमणबाट बाँया हात र खुट्टामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पातलमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

clock बुधबार ०८, कार्तिक २०८० ०८:२५

प्रतिक्रिया