काठमाण्डौको असनका बासिन्दाले आज विजया दशमीको टीका थाप्दै

  बुधबार ०८, कार्तिक २०८० ०८:१७

काठमाण्डौ । काठमाण्डौको असनका बासिन्दाले आज बल्ल विजया दशमीको टीका थाप्दैछन् ।

हरेक वर्ष एकादशीका दिन असनका स्थानीय बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्दछन् । 

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।

असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने गर्दछ ।

clock बुधबार ०८, कार्तिक २०८० ०८:१७

प्रतिक्रिया