पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  बुधबार ०८, कार्तिक २०८० ०८:१२

काठमाण्डौ । आज पश्चिमी क्षेत्रमा उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । 

अन्य क्षेत्रको मौसम भने आज सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । 

केही पहाडी क्षेत्रमा बिहान मौसम बदली भए पनि खुल्दै जाने उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । 

यसपालिको दशैँमा टीका लगाउन जाने आउनेलाई पनि मौसमले साथ दिएको छ । 

तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्  । 

clock बुधबार ०८, कार्तिक २०८० ०८:१२

प्रतिक्रिया