भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना, १३ जना घाइते

  मङ्गलबार ०७, कार्तिक २०८० १०:३५

काठमाण्डौ । मकवानपुरमा भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको जीप आज बिहान इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीको कुलेखानी– मातातीर्थ सडक खण्डमा दुर्घटना भएको हो । 

जीप आफैँ अनियन्त्रित भइ सडकबाट खसेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।  

जीप चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई पक्राउ गरिएको उहाँले बताउनु भयो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । 

clock मङ्गलबार ०७, कार्तिक २०८० १०:३५

प्रतिक्रिया