विजयादशमीको टीकाको उत्तम साइत भोलि ११.०२ बजे

  सोमबार ०६, कार्तिक २०८० १४:४५

धनगढी ।  नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष कात्तिक ७ गते मङ्गलबार  विजयादशमी परेको छ ।

विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।

दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।

यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

clock सोमबार ०६, कार्तिक २०८० १४:४५

प्रतिक्रिया