दसैंको टीकाको दिन कस्तो रहला मौसम ?

  सोमबार ०६, कार्तिक २०८० १४:३९

धनगढी । जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ।

त्यसैगरी वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का सम्भावना रहेको छ। सोमवार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले सोमबार बिहान जारी गरेको मौसम बुलेटिन अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने उल्लेख छ। विभागले सोमबार दिनभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहने चेतावनी जारी गरेको छ।

तसर्थ वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोधसमेत विभागले गरेको छ।

clock सोमबार ०६, कार्तिक २०८० १४:३९

प्रतिक्रिया