आजको मौसम : पश्चिमी भू-भागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

  सोमबार ०६, कार्तिक २०८० ०७:२९

धनगढी । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।

विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू(भागमा मौसम सफा रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

clock सोमबार ०६, कार्तिक २०८० ०७:२९

प्रतिक्रिया