चार विद्यार्थीको शब धनगढी पुग्यो

  आइतबार ०५, कार्तिक २०८० १८:०६

धनगढी । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव धनगढी पुगेको छ । 

फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो । धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत भर्खर धनगढी पुगेको जनाएको छ । 

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरिएको छ ।

हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको थियो ।

न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । 

चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको थियो । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 
 

clock आइतबार ०५, कार्तिक २०८० १८:०६

प्रतिक्रिया