बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बहादुर दानीको मृत्यु

  आइतबार ०५, कार्तिक २०८० १०:४३

बाजुरा । बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गस्थित जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

clock आइतबार ०५, कार्तिक २०८० १०:४३

प्रतिक्रिया