कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रुको मृत्यु

  शनिबार ०४, कार्तिक २०८० १०:२०

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा बा७८ प ३६४६ नम्बरको मोटरसाईकलले जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साईकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा चौधरीको शुक्रबार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

मोटरसाइकल र चालक लम्कीचुहा नगरपालिका७ का चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

clock शनिबार ०४, कार्तिक २०८० १०:२०

प्रतिक्रिया