बडादशैंको टीकाको साइत मंगलबार बिहान ११ः२ बजे

  शनिबार ०४, कार्तिक २०८० १०:१३

धनगढी । बडादशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । 

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

clock शनिबार ०४, कार्तिक २०८० १०:१३

प्रतिक्रिया