बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते

  शुक्रबार ०३, कार्तिक २०८० १४:३०

बबझाङ । बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

जीप चालक विनोद धामीसहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ।

दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् ।

२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यस्तै वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ।

३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ। १४ वर्षीय अशोक धामी मुख र कम्मरमा चोट लागेको छ। १६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको बझाङ प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ। गाडी चालक र अन्य दुई जना भने सकुशल छन्।

clock शुक्रबार ०३, कार्तिक २०८० १४:३०

प्रतिक्रिया