नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई

  शुक्रबार ०३, कार्तिक २०८० ०८:३६

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्सपेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो।

 ९६ इन्सपेक्टरमध्ये ५२ जना खुलाबाट, २ जना अमररअशक्त परिवारबाट छानिने छन्। 

समावेशीतर्फ ९ जना महिला, १२ जना आदिवासी जनजाति, १३ जना मधेशी, ६ जना दलित र २ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

त्यस्तै २६० असईमा १४० जना खुलाबाट र ५ जना अमर अशक्त प्रहरी परिवारबाट छानिनेछन्।

असईमा समावेशीबाट महिला २३ जना, आदिवासी जनजाति ३६ जना, मधेशी ३३ जना, दलित १७ जना र ६ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

इन्सपेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दरखास्त दिनका लागि कात्तिक १९ गतेदिख २९ गतेसम्मको समय निर्धारण गरिएको छ। इन्सपेक्टरमा दरखास्त दिन १ हजार २ सय राजस्व बुझाउनुपर्नेछ।

एकभन्दा बढी समूहमा दरखास्त दिन प्रत्येक समूहका लागि २० प्रतिशत अर्था २४० रूपैया थप दस्तुर लाग्नेछ।

असइतर्फ भने राजस्व वापत ५ सय रूपैयाँ एकभन्दा बढी समूह थपिए प्रत्येक समूहका लागि १०० रूपैयाँ थप दस्तुर लाग्नेछ।

clock शुक्रबार ०३, कार्तिक २०८० ०८:३६

प्रतिक्रिया