धनगढीबाट बझाङ जादै गरेको बस ठूलो दुर्घटनाबाट बच्यो

  शुक्रबार ०३, कार्तिक २०८० ०८:३२

बझाङ । धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट बचेको छ।

जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो। 

सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । 

बस निकाल्ने प्रयास भइरहेको र मेसिन आएपछि बस तानेर मात्र राजमार्ग सुचारु हुने बताइएको छ।

clock शुक्रबार ०३, कार्तिक २०८० ०८:३२

प्रतिक्रिया