इजरायलबाट बाँचेर नेपाल फर्किन पाँउला सोचेका थिएनन् बिरेन्द्रले

  शुक्रबार ०३, कार्तिक २०८० ०६:३६

धनगढी । भबिस्य निर्माणको सपना बुनेर परदेसी भुमी इजरायलमा सिक्दै कमाउदै कार्यक्रममा गएका कैलालीको भजनी नगरपालिका–४ का बिरेन्द्र चौधरीले जिउँदै घर फर्कन पाउला भनेर सोचेका थिएनन्। हमासले इजरायलमा गरेको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाए अझ भनौ हमासले १० नेपालीलाइ मारे। ती मारिएका १० नेपालीसंगै बंकरमा १२ घण्टा सम्म जीवन जिउन लुकामारी खेलेका बिरेन्द्र अहिले घर फर्किएर घटना बिबरण सुनाउदा सपना जस्तो लागेको बताउछन्। उनि भन्छन, हामीलाई इजरायल पुग्नेबेलानै भनिएको थियो गोला बारुद हुने बित्तिकै बंकरमा छिर्नु। हमलाको दिन हामि काममै थियौ रकेट प्रहार भएको देखेर हामी बंकरमा छिर्यौ। जम्मा हामि १७ जना नेपाली थियौ।

हामी बंकरमा छिरेर खुशी थियौ ,केही साथिहरु लुडो पनि खेलिरहेका थिए मानौ हामी सुरक्षित छौ। बंकरमा छिरेका  हामी मध्यका एक गणेश नेपालीले ढोकाबाट बाहिरको भिडियो खिचिरहेका थिए त्यत्तिकैमा अकस्मात फायरिङ भयो फायरिङ सुनेर भागेर हामितिर आउन खोज्दा  आतंककारीहरुको गोलि लागेर गणेशको ठाउँको ठाउँ मृत्यु भयो त्यो देखेर हामी सवै डरायौ। गणेशलाइ गोलि लागिसकेपछी हाम्रो गु्रपका लिडर दिपेसराज बिस्ट हामी नेपाली हौ “वि आर नेपाली“ भन्दै बाहिर निस्कन लाग्दा उनलाइ पनि आतंककारीहरुले गोलि हानेर मारे। त्यसपछी उनिहरुले २ वटा ग्रीनेट बम हामी बसेको बंकरमा फाले अनि उनिहरु गए। हामिलाइ फालिएको २ ग्रीनेट मध्य १ ग्रीनेट चाहिँ बिपिन जोशिले हामी नभएको र हाम्लाइ क्षती नपुग्ने ठाउँतिर फालिदिए। “बिपिनले साच्चै साहस देखाए नत्र हामी त्यही सबैजना मर्ने थियौ “ बिरेन्द्रले भने।

हामितिर फालिएका २ ग्रीनेट मध्य १ ग्रीनेट पड्कियो हाम्रा ५ जना साथिहरु सार्है घाइतेभए। कसैका खुट्टा  तलतिरको भागबाट चुडिए कसैका हातमा सार्है चोट लाग्यो त्यहा रगताम्य भए ५ जना साथिहरु। हामिले हाम्रा लिडरलाइ भिडियो बनाएर पनि पठायौ। एकछिनपछी हामिहरु ठाउँ इजरायली प्रहरी आएर हाम्रा घाइते साथिहरुको प्राथमिक उपचार गर्नथाले अनि हामिलाइ किचनतिर सारे हाम्रो किचनपनी बंकरनै थियो, बिरेन्द्रले भने। हामी यता किचनमा आयौ हाम्रा घाइते साथिहरुलाइ अस्पताल लान्छु भनेर भनेका प्रहरीले पनि छोडेछन सायद उनीहरुलाइ पनि आतंककारीहरुले लगेकी थाहा भएन।

उता घाइतेसाथिहरु हामिलाइ फोन गरिरहेका थिए,चिच्याइरहेका थिए, तर उनिहरुलाइ लिन जाने हाम्रो हिम्मत भएन किनकि फायरिङ भैरहेको थियो। त्यत्तिकैमा हामी बसेको किचनमा पनि आतंककारीहरु हल्ला गर्दै फायरिङ गर्दै आए हामिहरु कोहि टेबलमा कोहि चामलका पछाडी लुक्यौ। उनिहरुले आउने बित्तिकै बिपिन जोशीलाई तानेर लगे र अरुलाइ फायरिङ गरे हाम्रा ५ जनासाथीलाई गोलि लाग्यो म चाहिँ ढोकाको कुनामा लुकेको भएर देखेनन अनि म बाँचे। गोलि प्रहार गरेर आतंककारीहरु फर्कन लागेका थिए गोलि लागेका हाम्रा साथी चिच्याएपछी उनिहरुले फेरि गोलि हानेर हत्या गरे  र अर्को रुममा थाइलेनी बस्थिे। उनिहरुकोमा आगो लगाएर गए। यो सब ढोकाको कुनामा लुकेर हेरीरहे,बिरेन्द्रले मसिनो स्वरमा भने।

करिब ७÷८ घण्टापछि त्यहा इजरायली सेना आएर हामी बाचेका साथिहरुलाइ सुरक्षित घरमा लगियो तर हामिमा त्रास कायमै थियो। नेपाल आउन पाउनेकुराले मनमा निकै खुशी छाएको थियो तर ज्यान गुमाएका साथिहरुलाइ सम्झेर मन निकै रोएको थियो। हामीलाई युद्धग्रस्त क्षेत्रबाट छिटोभन्दा छिटो आफ्नो देश फर्काएकोमा नेपाल सरकारलाइ धन्यवाद दिन चाहन्छु विरेन्द्रले भने। 

clock शुक्रबार ०३, कार्तिक २०८० ०६:३६

प्रतिक्रिया