विजयादशमीका दिन पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाइदिने

  आइतबार २८, असोज २०८० १६:०७

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्।

शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो।

आगामी कार्तिक ७ गते विजयादशमी रहेको छ।

clock आइतबार २८, असोज २०८० १६:०७

प्रतिक्रिया