अत्तरियाबाट लिफ्ट दिएर मिनीट्रकभित्रै बुडरमा किशोरीको बलात्कार

  आइतबार २८, असोज २०८० ०६:५६

डोटी । ट्रकमा लिफ्ट दिएर किशोरी बलात्कार गर्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मेलौली नगरपालिका–७ का महेश ओझालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ओझामाथि महेन्द्रनगरबाट सिमेन्ट बोकेर मेलौली आउँदै गरेको से १ ख १९७९ नम्बरको मिनीट्रकमा सवार किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

ओझालाई बैतडीको पाटन नगरपालिका–६ हिरापुरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार बिहीबार ओझाले पीडित किशोरीलाई अत्तरियाबाट बैतडी आउन मिनीट्रकमा लिफ्ट दिएका थिए ।

राति बुडरमा बास बस्ने भन्दै मिनीट्रकभित्रै ओझाले आफूमाथि जबरजस्ती करणी गरेको किशोरीले प्रहरीलाई जानकारी गराएकी छन् ।

clock आइतबार २८, असोज २०८० ०६:५६

प्रतिक्रिया