एमसीसी प्रसारण लाइनको ठेक्का रद्द

  शनिबार २७, असोज २०८० ०६:३३

काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइनको ठेक्का रद्द भएको छ । 

एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियोजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

सबै बोलपत्रहरू अनुमानित लागतको तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ ठेक्का खुलाउने छ ।

अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेको थियो । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।

प्रसारण लाइन निर्माणका लागि तीन वटा चरणमा विभाजन गरेर गएको जेठ ८ गते ठेक्का आह्वान भएको थियो । एमसीसी परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।

clock शनिबार २७, असोज २०८० ०६:३३

प्रतिक्रिया