कञ्चनपुरबाट १० लाख मुल्यका अवैध सामानसहित दुई जना पक्राउ

  शुक्रबार २६, असोज २०८० १७:४४

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई जना शुक्रवार पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का सुशिलकुमार देवल र सोेहि नगरपालिकाको–१८ का राजेन्द्र देवल भन्सारछलीका सामानसहित पक्राउ परेका हुन्।

दुबै जनाले घरमा संचालन गरेका पसल र गोदाममा भारतबाट भन्सार छली ल्याएका करिब १० लाख ८२ हजार ९ सय ४२ रुपैँया बराबरका खाद्यान्न सामग्री, जुत्ताचप्पल र गहुँसहितको ट्रक फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी, प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए।  प्रवक्ता डाँगीका अनुसार बरामद गरेको सामान सहित दुबैजनालाई कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।

clock शुक्रबार २६, असोज २०८० १७:४४

प्रतिक्रिया