इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन फुलारा उद्यार समाजको माग

  शुक्रबार २६, असोज २०८० १७:४०

धनगढी । इजरायलबाट उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याउन फुलारा उद्यार समाज कैलालीले माग गरेको छ । 

इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा परी डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चिउडीका २४ वर्षीय राजन फूलाराको शव छिटो नेपाल ल्याउन आफन्तले माग गरेका हुन् ।

इजरायलमा मृत्यु भएका फूलाराको शव छिटो भन्दा छिटो स्वदेश ल्याउनुपर्ने भन्दै फूलारा उद्धार समाज धनगढीले शुक्रवार कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएका छन् । इजरायलमा भएको उक्त घटनामा राजन फूलारासहित १० नेपालीले ज्यान गुमाएका छन्।

घटना भएको ७ दिन बितिसक्दा पनी सरकारले मृतकको शव ल्याउने कार्यमा कुनै प्रयास नगरेको फूलारा उद्धार समाज धनगढीले जनाएको छ। सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत फूलारा भदौ २८ उक्त विश्वविद्यालयबाट कृषि सङ्कायको स्नातक तह उत्तीर्ण गरेर ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए ।

सरकारले छिटो भन्दा छिटो इजरायलमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउनुपर्ने फूलारा उद्धार समाज धनगढीका संयोजक शिवकुमार फूलराले बताए । सरकारले दिने राहत भन्दा पहिले छिटो शव नेपाल ल्याइदिनुपर्ने उनले बताए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कट्टले उक्त पत्र सरकारलाई पठाउने र शव छिटो नेपाल ल्याउनका लागि पहल गर्ने आश्वासन दिएका छन्।

No description available.

No description available.

clock शुक्रबार २६, असोज २०८० १७:४०

प्रतिक्रिया