लागूऔषध खैरो हेरोइनसहित १७ वर्षीय किशोर पक्राउ

  शुक्रबार २६, असोज २०८० ०९:३०

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१० गणपती इँटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

स्थानीय १७ वर्षीय किशोरलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । १८ वर्ष पूरा नभएकाले प्रहरीले नाम गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागूऔषध फेला पारेको जनाइएको छ ।

आरोपीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

clock शुक्रबार २६, असोज २०८० ०९:३०

प्रतिक्रिया