नेपालगञ्जको वीपीचोकका सात पसलमा आगलागी

  शुक्रबार २६, असोज २०८० ०९:२६

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ । 

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसो सामान जलेको जानकारी दिनु भयो ।  अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए। 

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगो निभाउन झन्डै दुई घण्टा लागेको बताए । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताए ।

clock शुक्रबार २६, असोज २०८० ०९:२६

प्रतिक्रिया