डोटी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विक्रम साउँद

  शुक्रबार २६, असोज २०८० ०६:१९

डोटी ।  डोटी उद्योग वाणिज्य सङ्घ डोटीको अध्यक्षमा बिहीवार विक्रम साउँद (घटाल) चयन भएका छन्। त्रिवेणी मिडिया नेटवर्क डोटीका निवर्तमान अध्यक्ष समेत रहेका साउँदको अध्यक्षतामा वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन भएको छ।

उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य उपाध्यक्षमा नरबहादुर खड्का, उद्योग उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बमबहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका छन्। त्यस्तै सदस्यहरूमा नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएका हुन्।

असोज १५ गते सोमवार साधारण सभाले त्यो दिन नयाँ समिति गठन गर्न सकेको थिएन। त्यसपश्चात बन्द सत्र लम्बिएको  थियो। उद्घाटन सत्र पछि सुरु भएको बन्द सत्रमा महासचिव दीपकबहादुर खड्का र कोषाध्यक्ष दीर्घबहादुर साउँदले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित नभएपछि साधारण सभाको बन्द सत्र लम्बिएको थियो। बन्द सत्र सुरु भएको १० दिनपछि आज संघको नयाँ कार्यसमिति चयन भएको हो।

clock शुक्रबार २६, असोज २०८० ०६:१९

प्रतिक्रिया