कैलालीको पहलमानपुरबाट १२ जुवाडे पक्राउ

  बुधबार २४, असोज २०८० ०९:००

धनगढी । कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

clock बुधबार २४, असोज २०८० ०९:००

प्रतिक्रिया