इजरायलमा सम्पर्कविहीन कञ्चनपुरका जोशी सम्पर्कमा आए

  बुधबार २४, असोज २०८० ०८:५८

धनगढी । प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका कञ्चनपुरका विपिन जोशी सम्पर्कमा आएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३  का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका हुन्। 

शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताइएको छ। 

clock बुधबार २४, असोज २०८० ०८:५८

प्रतिक्रिया