आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

  मङ्गलबार २३, असोज २०८० ०९:११

काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो।

आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शोक मात्रै मनाउने तर बिदा भने नदिइएको शर्माको भनाइ छ।

clock मङ्गलबार २३, असोज २०८० ०९:११

प्रतिक्रिया