कञ्चनपुरको भीमदत्तबाट १० जना जुवाडे पक्राउ

  मङ्गलबार २३, असोज २०८० ०६:२७

कञ्चनपुर । कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाटाका मिट्ठु रानाको घर पछाडीको टहरामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ का ४४ वर्षीय जयबहादुर महरा, ३५ वर्षीय दानी राना, ४३ वर्षीय हिरु राना, ३२ वर्षीय कैलास राना, बेदकोट नगरपालिका–३ का ३० वर्षीय सागर बिष्ट र बेदकोट नगरपालिका–१० का ३६ वर्षीय तिलक बैज रहेका छन्। 

यस्तै भीमदत्त नगरपालिका–१४ का ३४ वर्षीय शेर बहादुर कुँवर, भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय प्रकाश भट्ट, भीमदत्त नगरपालिका–१८ का ४३ वर्षीय ओमप्रकाश पनेरु र मेलौलि नगरपालिका–२ का ४२ वर्षीय प्रकाश चन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई १ लाख ५४ हजार ४ सय रुपैँया र ४ गड्डी ताससहित पक्राउ गरेको हो। पक्राउ परेका सबैजनालाई नियन्त्रणमा लिई ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जनाएको छ।

clock मङ्गलबार २३, असोज २०८० ०६:२७

प्रतिक्रिया