बैतडीमा ४५ वर्षीया महिला बलात्कृत गरेको आरोपमा जोशी पक्राउ

  सोमबार २२, असोज २०८० १७:५९

बैतडी । बैतडीमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

जोशीमाथि आइतबार बिहान मेलौली-६ को लामाखोला जङ्गलमा ४५ वर्षीयामाथि जबरजस्ती करणी गरेको आरोप छ। 

पक्राउ परेका जोशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

clock सोमबार २२, असोज २०८० १७:५९

प्रतिक्रिया