कञ्चनपुरको गुलरिया बजारबाट नगदसहित जुवाडे पक्राउ

  सोमबार २२, असोज २०८० ०९:३०

धनगढी । कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका ५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका हुन्।

गएराति ११ बजे कृष्णपुर- ५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ समेत समातिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई समातेको हो।

clock सोमबार २२, असोज २०८० ०९:३०

प्रतिक्रिया