धनगढी–१४ का वडा सदस्य मानबहादुर खत्रीको निधन

  सोमबार २२, असोज २०८० ०९:०९

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४का वडा सदस्य मानबहादुर खत्रीको निधन भएको छ ।

उनको काठमाण्डौको गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शब धनगढी ल्याईदैछ । दाहसंस्कार भने सोमबार फुलबारीमा गरिने बताईएको छ ।

clock सोमबार २२, असोज २०८० ०९:०९

प्रतिक्रिया