बैतडीमा बेहोस भएका शिक्षक मडैको उपचारको क्रममा धनगढीमा मृत्यु

  आइतबार २१, असोज २०८० १०:०८

धनगढी । बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया–५ रौलेश्वर माविका शिक्षक प्रताप मडैको मृत्यु भएको हो।

प्रहरी स्रोतका अनुसार ३ दिन पहिले विद्यालयमै एक्कासी बेहोस भएका शिक्षक मडैको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो।

उनको घर सुर्नया–५ मडगाँउ हो।उनको मृत्युुमा आज विद्यालयले शोक बिदा दिएको छ।

clock आइतबार २१, असोज २०८० १०:०८

प्रतिक्रिया