कैलालीको सुर्यदय सामुदायिक वनबाट ठूलो परिणाममा अवैध काठ बरामद

  आइतबार २१, असोज २०८० ०९:५४

धनगढी । कैलालीमा अवैध काठसहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका-८ को सुर्यदय सामुदायिक वनमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बरालले पक्राउ पर्नेमा ट्रक चालक बैतडीको पाटन नगरपालिका(८ बस्ने  २५ वर्षीय शिद्धराज भट्ट, ट्रक साहु ४२ वर्षीय देवराज भट्ट र गोदावरीका काठ व्यवसायी मदन छेडाल रहेको  दिए ।

clock आइतबार २१, असोज २०८० ०९:५४

प्रतिक्रिया