भातेखोला केन्द्रबिन्दु भएर  बझाङमा फेरि भूकम्प

  शनिबार २०, असोज २०८० १२:३३

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङको मष्टा गाउँपालिका भातेखोला केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका विहान ११ बजेर ४५ मिनेटमा  भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३  रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलवार दिउँसो ३ः बजेर ०६ मिनेटमा  बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने २० जना व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

clock शनिबार २०, असोज २०८० १२:३३

प्रतिक्रिया