एसपीएका विद्यार्थीद्वारा गोदावरी घाटको सरसफाईं

  शुक्रबार १९, असोज २०८० १७:१३

धनगढी। एसपीए कलेज धनगढीका विद्यार्थीहरुले शुक्रबार कैलालीको गोदावरी घाटको सरसफाईं गरेका छन् । कैलाली र कञ्चनपुरका स्थानीयहरुले प्रयोग गर्ने घाट क्षेत्रमा भएका प्लास्टिकजन्य फोहोरहरु संकलन गर्दै विद्यार्थीहरुले सरसफाई गरेका थिए । 

विद्यार्थीहरुलाई नेपाल आर्मीको सुदूरपश्चिम पृतना टोलीले पनि साथ दिएको थियो । त्यसबाहेक विद्यार्थीहरुले घाट क्षेत्रमा विभिन्न जनचेतना मुलक पम्पलेटहरु ठाउँठाउँमा राखेका छन् । 

धेरै मानिसहरु आउने घाट क्षेत्रमा अत्याधिक प्लास्टिक जन्य फोहोरहरु देखिएकाले त्यसलाई सरसफाई गरिएको विद्यार्थी कृष्ण पुजाराले बताए । वातावरण संरक्षणका क्षेत्रमा अमेरिकाको न्यूयोर्क शहरमा आयोजिक कार्यक्रममा एसपीएले ग्रीन क्लिन अवार्ड समेत पाएको थियो । 

धनगढीलाईं सफा र स्वच्छ बनाउँने उद्देश्यसहित एसपीएले ग्रीन क्लब गठन गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल क्लबले आफ्नो क्षेत्रको ५ सय मिटर क्षेत्र सरसफाईंको अभियानलाईं तिव्रता दिएको छ ।

clock शुक्रबार १९, असोज २०८० १७:१३

प्रतिक्रिया