धनगढी प्याब्सन डान्स एन्ड ड्रामाको उपाधि राईजीङ स्टार र कोबिधालाई

  शुक्रबार १९, असोज २०८० १७:०५

धनगढी । धनगढी प्याप्सन डान्स एन्ड ड्रामाको उपाधि राईजीङ स्टार र कोबिधाले जितेका छन् । धनगढी प्याब्सनले आयोजना गरेको डान्स एन्ड ड्रामाको उपाधि उनीहरूले जितेका हुन । 

धनगढी प्याब्सनले पहिलो पटक आयोजना गरेको डान्स प्रतियोगिता विधामा धनगढी ६ मट्यारीमा रहेको राईजीङ स्टारले जितेको छ । यस्तै प्रतियोगितामा थ्री स्टार द्वितीय र सिटी स्कुल तृतीय भएका छन् ।

यस्तै ड्रामा तर्फ भने कोबिधा बोर्डिङले प्रथम स्थान हासिल गरेको छ भने सिटी स्कुल द्वितीय र अस्बोर्ड स्कुले तृतीय स्थान हासिल गरेको धनगढी प्याब्सनका कोषाध्यक्ष कलेन्द्र साहीले बताए ।   

उनका अनुसार बाल नृत्य तर्फ भने माईलस्टोन इंलीस बोर्डिङ स्कुल प्रथम भएको छ भने हिमाल ऐकेडेकी द्वितीय र  वर्स्टन क्रिस्टल एकेडेमी तृतीय भएको छ । 

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ७, ५ र ७ हजार पुरस्कार वितरण गरिएको धनगढी ब्याव्सनका कोषाध्यक्ष साहीले बताए । 

धनगढी ब्याव्सनका अध्यक्ष नरेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा रहेका थिए । 

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टीन जोशी, एपपीएका क्याम्पस प्रमुख योगराज उपाध्याय र निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्त विशिष्ट अतिथि रहेका थिए ।

धनगढी ब्याव्सनका सचिव लोकराज पन्तले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष कलेन्द्र साहीले गरेका थिए । 

 

 

clock शुक्रबार १९, असोज २०८० १७:०५

प्रतिक्रिया