कञ्चनपुरको कृष्णपुर स्थित चपरतलामा हात्तीले भत्कायो स्थानीयका घर

  शुक्रबार १९, असोज २०८० १६:३४

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा हात्तीको बथानले स्थानीयका घर भत्काइदिएको छ। जिल्लाको उत्तरी चपरतला गाउँमा जंगली हात्तीको बथानले स्थानीयका घर भत्काइदिएको हो।

बुधबारराति हात्तीको बथानले कृष्णपुर नगरपालिका–४ स्थित चपरतलाका तीन घर भत्काइदिएको छ। जंगली हात्ती गाउँ पसेर घर तथा अन्नबालीमा क्षति पुगाएको छ। स्थानीय  श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर हात्तीले भत्काइदिएको छ।

हात्तीले बस्ने घरै भत्काइदिएपछि पीडितको परिवारको बिचल्ली भएको छ। सो गाउँका १५ स्थानीयको झन्डै साढे चार बिघाको धानबाली नष्ट गरिएको छ।

प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल), कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, नगर उपप्रमुख द्रोपती राना र वडाअध्यक्ष धर्म सिंहले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। साथै नगरपालिकाले पीडित परिवारलाई त्रीपाल र खाद्यान्न समेत उपलब्ध गराएको छ।

clock शुक्रबार १९, असोज २०८० १६:३४

प्रतिक्रिया