कैलालीको जानकी गाउँपालिकामा हेमराज माथि धारीलो हतियार प्रहार

  शुक्रबार १९, असोज २०८० १६:२७

धनगढी । कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। हिजो (बिहीबार) रातको १० बजे जिल्लाको जानकी गाउँपालिका-९ मा  पुर्वखैरी फाटाका २३ वर्षीय हेमराज गिरीमाथि हतियार प्रहार भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार हतियार सोही ठाउँका २४ वर्षीत उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।

उनीहरुले गिरीको टाउकोमा हतियार प्रहार गरेको र घाइते उपचारका लागि नेपालगन्ज पठाइएको छ। यस्तै हतियार प्रहार गर्ने भारतीलाई चिसापानीबाट  पक्राउ गरेको र अर्का उदयको भने खोजी भैरहेको प्रहरीले जनाएको छ।

clock शुक्रबार १९, असोज २०८० १६:२७

प्रतिक्रिया