धनगढीमा मापसे चेक गर्ने पुलिस र चालक गम्भीर घाइते

  शुक्रबार १९, असोज २०८० १६:२१

धनगढी । धनगढीमा सवारी साधन चेकिङमा खटिएका प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको छ। बिहीबार साँझ धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षण गर्ने क्रममा तिब्र गतिमा आएको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान अशोक सिंह गम्भीर घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय सुसान्त बिष्ट पनि गम्भीर घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा आईसियूमा उपचार भइरहेको छ।

clock शुक्रबार १९, असोज २०८० १६:२१

प्रतिक्रिया