चरेशसहित बझाङका गोरे धामी गोदावरीबाट पक्राउ

  शुक्रबार १९, असोज २०८० ०९:४२

धनगढी । कैलालीको गोदावरीबाट चरेशसहित बझाङ घर भई कनचनपुर बस्ने गोरे धामीलाई प्रहरीले पक्राउ परेका छन् । 

३ किलो ५ सय ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने  ३५ वर्षीय गोरे धामी बिहीवार राति पक्राउ परेका हुन्। 

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ।

धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेश फेला पारी नियन्त्रणमा लिइएको छ। धामी र मोटरसाइकललाई नयन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

clock शुक्रबार १९, असोज २०८० ०९:४२

प्रतिक्रिया