बैतडीबाट भारत छिर्न खोज्ने चाइनिजलाई फिर्ता पठाइयो

  शुक्रबार १९, असोज २०८० ०९:३४

बैतडी । बैतडीबाट झुलाघाट हुँदै भारत प्रवेश गर्न खोज्ने एक चाइनिजलाई फिर्ता पठाइएको छ। नेपाल घुम्न आएकी चिनिया पर्यटक महिलालाई भारत जान नमिल्ने भन्दै नाकाबाट फिर्ता पठाइएको हो।

सुरक्षा स्रोतले जानकारी दिएअनुसार चीनबाट नेपाल घुम्न आएकी ती महिला भारतसँगको सिमानाका झुलाघाट पुगेकी थिइन्। उनी भारततर्फ जान लागेको अवस्थामा नेपाल प्रहरीले नै उनलाई नाकाबाट फिर्ता पठाएको हो।

बैतडी प्रहरीका अनुसार उनीसँग नेपालको भिसामात्र थियो। प्रहरीले नेपालको भिसामा भारत जान नपाउने भन्दै फिर्ता पठाइएको जनाएको छ।

बुधबार उनलाई नेपालतर्फ नै फर्काइएको बताइन्छ पछिल्लो समय भारतले पनि चिनियाँहरु अवैध रुपमा देश पस्न थालेपछि सीमानाकामा कडाइ गरेको छ।

clock शुक्रबार १९, असोज २०८० ०९:३४

प्रतिक्रिया